विराटनगर । सम्पर्कबिहीन रहेका झापाको दमकका डा. उज्ज्वल कोइराला १० दिनपछि मृत अवस्थामा भेटिएका छन् ।
उदयपुरको बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी बेपत्ता भएका थिए । उनले लगाएको जुत्ता र मोबाइल सप्तकोशी नदी किनारमा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार उनको शव सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा भेटिएको हो ।
कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । उनी १० गते सोमबार राति २ बजे कोशीको पुलमा पुगेको सिसी टिभी फुटेजमा देखिएको थियो ।
डा. कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।
Discussion about this post