काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।
बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको बताए ।
उनले भने, ‘बालुवाटारमा ललिता निवास सरकारी जग्गा, दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरु मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानूनको दायरामा ल्याउने प्रकृया अघि बढाइएको छ । छिट्टै जग्गा सरकारमातहत ल्याइने छ ।’
उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सारा नेटवर्क पहिचान गरी कानूनको दायरामा ल्याई कारबाही गरिने प्रतिवद्धता पनि जनाए । सुन तस्करी प्रकरण अनुसन्धानरत रहेको र केही दिनभित्रै निष्कर्षमा पुग्ने उनको जिकिर छ ।
Discussion about this post