काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरूण दलले शुक्रबार रत्नपार्कमा प्रदर्शन गरेको छ ।
गणेशमान शान्ति बाटिकाबाट रत्नपार्क, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली हुँदै पुनः शान्ति बाटिका रत्नपार्कसम्म विरोध र्याली आयोजना गरेको थियो ।
र्यालीपछि आयोजित कोणसभामा तरुण दलका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
तरुण दलका पूर्वअध्यक्ष समेत रहेका यादवलाई बिहीबार भृकुटीमण्डपमा नुवाकोटका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।
Discussion about this post