सिरहा । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिरहाको वस्तीपुरलाई विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।
प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा आयोजित समाजवादी चिन्तक स्व. प्रदिप गिरिको सिरहा वस्तीपुरमा आयोजित प्रथम वार्षिकी सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘प्रदीप गिरी ज्ञानको ठूलो खानी, सादगी र सरलता हामी सबैका लागि अनुकरणीय छ’ उनले भने ।
प्रदीप गिरीको विचारलाई निरन्तरता दिने प्रयास भइरहेकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा. महतले भने, ‘प्रदीप गिरी परिचित नाम हो । उहाँको विचार र ज्ञान अथाह थियो । उहाँको विचारबाट हामी केही न केही प्रभावित भएका छौं ।’
‘प्रदीप गिरीको जीवनकालमा आम जनताले जाने बुझे आत्मसात हामी सबैले गर्न सक्यौ, त्योभन्दा बढी उहाँको अभाव हामीले महसुस गर्ने छौं’ महतले भने, ‘उहाँको विचारलाई आत्मसाथ गर्नेछौं, उहाँले पछाडि परेको वर्ग, क्षेत्र, महिला, दलित, मधेश र आदिवासी जनजातिलाई राजनीतिको मूल धारमा ल्याउनुपर्छ भन्ने अभियान सुरु गर्नुभएको हो । त्यो अभियान सबै राजनीतिक दलमा फैलियो । जसको परिणाम हामीले सबै वर्ग र समूहको प्रतिनिधित्व हुने संविधान निर्माण गरेका हौं, त्यसलाई कार्यान्वयन गर्ने तहमा हामी छौं ।’
Discussion about this post