जिल्ला अदालत संखुवासभाले कारागारमा भएको दुई कैदी हत्या प्रकरणमा संलग्न १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीका अनुसार न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम कारागारमा थुनामा पठाउन आदेश दिएको हो ।
कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकिएको छ ।
सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ । गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट कारागारभित्रै मृत्यु भएको थियो ।
Discussion about this post