विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–५ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर ४५ वर्षीय गंगाराम गजमेरको मृत्यु भएको हो ।
बिहीबार दिउँसो अदुवा खोलामा पानी तान्ने मोटरको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
बिर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।
Discussion about this post