काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा शुक्रबार प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।
उनी भदौ ३० गते संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेर असोज ४ गते न्युयोर्कबाट सिधै चीन जाँदै छन् ।
चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणा चीन भ्रमण र राष्ट्र संघको महासभालाई राष्ट्र अध्यक्षले सम्बोधन गर्ने प्रचलन अनुरुप अमेरिका जान लागेका हुन् ।
महामारीले सिर्जित स्वास्थ्य चुनौती, दिगो विकास प्राप्त गर्ने वित्तीय प्रबन्ध, जलवायु परिवर्तको असर जस्ता संयुक्त राष्ट्रसंघका चोसोका विषयमा छलफल गर्न विभिन्न उच्चस्तरीय बैठकमा छलफल गर्न न्युयोर्कबाट निमन्त्रणा आएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।
Discussion about this post