मोरङ । पथरी शनिश्चरेस्थित क्रेएटिभ लेडीजद्वारा विपन्न माझीका परिवारलाई आर्थिक तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ ।
लायन्स क्लब अफ पथरी क्रेएयटिभ लेडीजले पथरी शनिश्चरे वडा नं. ८ निवासी विपन्न तथा बिमारी हर्क बहादुर माझीलाई उपचारका लागि १५ हजार ५ सय ५ रूपैयाँ नगद सहयोग र स्टेसनरी लगायत हस्तान्तरण गरेको हो ।
सोही अवसरमा बिमारी माझीका बालबच्चाहरू पठनपाठनका लागि स्टेसनरी सामग्रीहरू प्रदान गरिएको थियो । उक्त अवसरमा प्रमुख अतिथिको रुपमा पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, ८ नं. का वडा अध्यक्ष नवीन जंग कार्की, वडा सदस्य जनप्रतिनिधि, तथा लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा नगरकी उपपप्रुख देवीमाया काफ्ले , जोन चियर पर्सन लायन देवी राई तथा कार्यक्रमकी अध्यक्ष लायन शारदादेवी बस्नेत सहित तीनै जनाले एकमुष्ट रूपमा सो रकम हस्तान्तरण गरेका थिए ।
साथै, जोन चियर पर्सन लायन देवी राईले उक्त परिवारका ५ जना मसिना बालबालिकाका लागि केही दिन भित्रैमा आंङ ढाक्ने लत्ताकपडाहरू समेत प्रदान गरिने जनाकारी दिइन् ।
Discussion about this post