काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
रोल्पाबाट दाङतर्फ तरकारी बोकेर जाँदै गरेको रा १ च. १०२५ नम्बरको सिंगल क्याप जिप राप्ती राजमार्ग अन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका-३ चोरखोला सेतापैरामा सोमबार बिहान ६ बजे दुर्घटना भएको हो ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेमा दाङ, तुलसीपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय नारायण योगी रहेको उनले जनाए । घाइतेलाई उपचारका लागि दाङतर्फ पठाइएको छ । जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेको छ ।
Discussion about this post