झापा । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र अस्पतालकी एक महिला कर्मचारीसँगको भिडिओ सार्वजनिक भएसँगै शनिश्चरे अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठक केही बेरमा बस्दैछ ।
घटना सार्वजनिक भएपछि नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको बताइएको हो ।
नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बसेको पार्टी प्यालेस अगाडि बस्नेतकी श्रीमतीले भेटेपछि ति महिला कर्मचारी र अधिकृत बस्नेतलाई कुटेको भिडियो सार्वजनिक भएको हो ।
घटना विवरण अनुसार अधिकृत वस्नेतले आफ्नो गाडी टाइमसेलमा राखेको र महिला कर्मचारीको स्कूटर लिएर हिँडेका थिए । फर्कदा ति महिला कर्मचारीले स्कूटर हाँकेर ल्याएको र टाइमलेस पार्टी प्यालेस उनीहरु आइपुगेका थिए । सोही क्रममा पार्टी प्यालेसबाट निस्कदै गर्दा वस्नेतकी श्रीमतीले ति महिलालाई गाली गलौज गर्दै कुटपिट गरेकी थिइन् । भने वस्नेतलाई समेत लडाएको दृष्य देखिएको छ ।
बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरुलाई युवतीसंग भेटेपछि घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। घटना सार्वजनिक भएसँगै नगरपालिका, स्वास्थ्य शाखा, शनिश्चरे अस्पताल र स्वास्थ्यकर्मीको सर्वत्र आलोचना भएको छ ।
Discussion about this post