इटहरी । सुनसरीको इटहरी १२ खनार ट्रान्सपोट नजिक दुईवटा मोटरसाइकल जुध्दा २ जनाको मृत्यु भएको छ ।
विराटनगरबाट इटहरी आउने क्रममा प्रदेश १–०२–०४६ प१९६७ र विपरीत दिशाबाट गइरहेको प्रदेश १–०२–०४६प ७२५८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर भइ अनियंत्रित भएर स१ ख ८१६ नम्बरको बससँग ठोक्किएका थिए ।
दुर्घटनामा घाइते सुनसरी देवानगन्ज बस्ने २३ वर्षका पवनकुमार साहको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
अर्का घाइते अजित थापाको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
अर्का घाइते विराटनगर २ का सुशान्त दाहालको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post