इटहरी । सुनसरीको इटहरीमा असोज २० गतेदेखि सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्नका लागि महोत्सव आयोजना गरिएको आज पत्रकार सम्मेलन गरी आयोजक विकास निर्माणकर्ताहरुको सञ्जाल इटहरीले जनाएको छ ।
कात्तिक ४ गतेसम्म हुने महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्टरका कलाकारहरुको समेत सहभागिता हुने मुल आयोजक समितिका संयोजक राजु बस्नेतले बताए ।
महोत्सव सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको छ ।
महोत्सवमा दैनिक रुपमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहितयसम्बन्धी स्टल समेत राखिने पत्रकार सम्मेलनमा जनाइएको छ ।
महोत्सव अवधिभर ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ ।
महोत्सवबाट संकलन भएको रकम बिपत ब्यावस्थापन कोष खडा गरी राखिने संयोजक बस्नेतको भनाई छ ।
महोत्सवमा २० वटा स्टल राखिने छ । तिनमा कृषिजन्य पदार्थहरुको स्टल, दुग्धजन्य पदार्थहरुको स्टल साथै व्यावसायिक स्टलहरु राखिने संस्थाका अध्यक्ष बिसुधन राईले बताए ।
Discussion about this post