काठमाडौँ । नेकपा एमालेको माग बमोजिम सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएको छ ।
उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागितामा बसेको बैठकले आयोग गठन गर्ने सहमति गरेको हो ।
एमाले सचेतक बर्तौलाले आयोगको कार्यादेश तीन महिनाको हुने जानकारी दिए ।
आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बर्तौलाले जानकारी दिए ।
Discussion about this post