काठमाडौं । आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका नेता महात्मा गान्धीको जन्मदिनको रुपमा पनि आजको दिनलाई मनाइन्छ ।
गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।
सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करमचन्द गान्धी अर्थात् विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई अनुकरण गर्ने दिन पनि मानिन्छ ।
त्यस्तै सरकारले आज विश्व बसोबास दिवस मनाउने भएको छ ।
सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।
उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो ।
संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष पहिलो अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ ।
Discussion about this post