इटहरी । ग्राहकहरुलाई सुलभ दरमा गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको डिजिटल पेन्टसले चाडपर्वलाई लक्षित गर्दै डिजिटलको हर्ष उपहारको वर्षा योजना ल्याएको छ ।
उपहार योजना अन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एक जनालाई,दितिय पुरस्कार ३२ इन्चको एलइडी टिभी २ जनालाई र तृतीय पुरस्कारका रुपमा ३ जनालाई रेफ्रिजरेटर प्रदान गरिने कम्पनीले जनाएको छ ।
सान्त्वना पुरस्कारका रुपमा १५ जनालाई भित्ते घडी र बम्पर उपहार अन्तर्गत एकजनालाई १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आचार्यले बताए ।
डिजिटल पेन्ट्सले छोटो समयमा कोशी प्रदेशका मुख्य तथा साना ठूला सहर गरी ८० भन्दा बढी आधिकारीक डिलरहरु मार्फत ग्राहकलाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्टस, आल्मुनियम पेन्टस तथा इमलसन पेन्ट्स उत्पादन तथा बिक्री गर्दै आएको छ।
स्वदेशी उत्पादन र स्वदेशी लगानीवाटनै गुणस्तरीय रंग उत्पादन सम्भव छ भन्दै अघि बढेको डिजिटल पेन्टसले छोटो समयमा कोशी प्रदेशमा निकै फड्को मारेको छ ।
जर्मन प्रतिधिबाट उत्पादन गरेको र आफैं अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमले बताए ।
Discussion about this post