इलाम, असोज : इलामको सूर्योदय नगरपालिका–३ स्थित मेहेलबोटेमा जिल्ला स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । बडा दशैँ २०८० को अवसरमा
मेहेलबोटे खेलकुद समितिको आयोजनामा असोज ३० गते देखी प्रतियोगिता सञ्चालन हुने भएको हो । प्रतियोगिताको फाइनल खेल कात्तिक ३ जनाइएको छ ।
समितिका सचिव बिनोद पोख्रेलका अनुसार स्थानिय स्तरमा नै खेलकुदको प्रतियोगिताले खेलाडी उत्पादनमा मद्धत पुग्ने छ । खेलकुदको माध्यमबाट सभ्य समाज निर्माण गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ । खेलकुदमा रुचि राख्ने युवाका लागि खेल क्षमता प्रदर्शन गर्ने उचित अवसर निर्माणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष बुद्धराज ढुङगानाले जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका दश वटै पालिकाका टिमहरु सहभागि हुन पाउने आयोजकले जानकारी दिएको छ । इच्छुक टिमले असोज २५ गते सम्ममा टिम दर्ता गर्न सकिने जनाइएको छ । यस प्रतियोगिताबाट जिल्ला र क्षेत्रिय खेलाडी समेत छनोट हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी टिमले नगद २५ हजार साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टिमले नगद १५ हजार साथमा ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Discussion about this post