कन्याम इलाम, असोज : इलामको पर्यटकिय गन्तव्य कन्याममा ‘कन्याम पर्यटकिय स्थल ट्रली व्यवस्थापन समिति’ले व्यवस्थापनका लागि निगरानी बढाएको छ । समितिले गरेको अनुगमनका क्रममा कार्यविधि अनुसारका काम गर्न सुझाव दिएको जनाइएको छ । यस समितिले पर्यटन प्रवद्र्धनमा मद्धत पुग्नेगरि काम गरेको समितिका संयोजक तथा सात नम्वर वडाका अध्यक्ष लोक बहादुर राईले जानकारी दिए ।
अनुगमनका क्रममा पर्यटकिय क्षेत्रको ट्रलीमा तोकिएको मापदण्ड विपरीत छाना थपेको, ट्रलीमा आवश्यक कागजात नराखेको, अघोषीत सिण्डीकेट सञ्चालन गरेकोले त्यसलाई सच्याउन सुझाव दिएको राईले बताए ।
अनुगमन टोलिमा वाड ६ का वडा अध्यक्ष सिव कुमार बस्नेत, वडा सदस्यहरु कमल गड्तौला, ख्यामकुमारी घले, शर्मिला विश्वकर्मा, गजे घले, नगर उद्योग शाखा अधिकृत इश्वरी अधिकारी, आर्किटेक इन्जिनियर सिजन गदाल, सूर्योदय नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुरेन पौड्याल, प्रहरी, नगर प्रहरी सहितको सहभागिता रहेको थियो ।
सूर्योदय नगरपालिकाले नगरको कन्याम पर्यटकीय क्षेत्रमा ट्रली व्यवसाय सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ लागु गरेको छ । संयोजक राईले कन्याममा देखिएका समस्या समाधानका लागि नगर कार्यपालिकामा प्रतिवेदन पेश गर्ने बताए ।
व्यवसायीले ट्रली अघि रहेको रेलिङ हटाउन नगरसंग माग गरेपनि स्थानीय सरकारले चासो नदिएको गुनासो गरे ।
कतिपय पर्यटकले भने मोटरसाईकलमा आएर रोक्नासाथ विल काट्ने गरेको गुनासो गरेका थिए ।
व्यवसायीले झापाबाट आउने गाडी पाकिङको व्यवस्था नहँुदा व्यपार प्रभावित भएको गुनासो गरेका थिए । नगरपालिकाले पर्यटकिय क्षेत्रमा पार्किङको ब्यवस्था गर्न समेत उनीहरुले सुझाव समेत दिएका छन् ।
Discussion about this post