झापा । नेपाली काङ्ग्रेस झापाका सचिव कृष्ण हुमागाँईले निर्वाहमुखी कृषि प्रणालीलाई निर्यातमुखी बनाउन सके मात्र राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउन सकिने बताएका छन् ।
नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस समितिद्वारा बिएसीएजी चौथो बर्षका छात्रछात्रलाई बिदाई तथा बडा दशैको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सचिव हुमागाँईले दक्ष जनशक्तिलाई कृषिमा लगाउन राज्यले नीति नै बनाउनु पर्नेमा जोड दिए ।
गौरादह कृषि क्याम्पसका नेबिसंघ सभापति जीवन न्यौपानेको सभापतित्वमा स्थानीय बीपी भवनमा आयोजित कार्यक्रममा नेबिसंघ झापा सभापति सञ्जय निरौला, गौरादहका पूर्वमेयर रोहित साह, क्याम्पस प्रमुख सुबोध खनाल, गौरादह कृषि क्याम्पस प्राध्यापक संघका सभापति सन्तोष खनाल, नेपाली कांग्रेस गौरादहका कार्यबाहक सभापति गोपाल कोइराला, पूर्वसभापति बाबुराम नेपाल, स्ववियु पूर्व सभापति महेन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन रेजिना ढुङ्गाना र सशांक यादबले गरेका थिए ।
Discussion about this post