बिर्तामोड । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आलु आर्थिक बर्षको पहिलो त्रैमासमा राजश्व रकम बढेको छ । कार्यालयले चालु आवको पहिलो तीन महिनामा ८५ लाख ६७ हजार १४१ रुपैँया संकलन गरेको छ । गत आवको सोहि अवधिमा कार्यालयले ८२ लाख ८ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको थियो ।
चालु आवको पहिलो महिनामा कार्यालयले २७ लाख २८ हजार राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै भदौमा २८ लाख ३४ हजार ६४१ र असोजमा ३० लाख ४ हजार पाँच सय राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए । सो अवधिमा ११ हजार ९९१ वटा सवारी साधन कारबाहीमा परेको उनले बताए ।
यो तीन महिनाको अवधिमा २ हजार ५०४ वटा ट्रक कारबाहीमा पर्दा सबैभन्दा धेरै २६ लाख १७ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए ।
सवारी दुर्घटना र मृतक संख्या घट्यो
गत आर्थिक बर्षको तुलानामा यो बर्षको तीन महिनाको अवधिमा झापामा सवारी दुर्घटना संख्या कम भएको पाइएको छ । चालु आवको पहिलो तीन महिनामा १३४ वटा सवारी साधन दुर्घटना भएका छन् भने गत आवको सोहि अवधिमा १९५ वटा दुर्घटना संख्या रहेको थियो । त्यस्तै सवारी दुर्घटनाबाट हुने मृत्युको संख्यापनि घटेको छ । गत बर्ष ३३ जनाको मृत्यु भएको थियो भने यो बर्ष १५ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जनाएको छ ।
Discussion about this post