पाल्पा । पाल्पामा जिप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । रानीमहल दरबारनजिक बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको छ भने चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा तीन महिला, दुई बालक र एक पुरुषले ज्यान गुमाएका छन् । गम्भीर घाइते रहेका नवलपुर घर भएका जिप चालकको उपचार भइरहेको छ ।
यसै बिच दुर्घटनामा मृत्युु भएकाहरुको सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक जना पुरुष, तीन महिला र दुई बालक रहेका छन्। अन्दाजी ६५ वर्षका कृष्ण लोहनी, वर्ष ५५ की पार्वती लोहनी र ५५ कै चुना धिताल र ३५ वर्षकी सबिना धिताल रहेकी छिन्।
यस्तै ११ वर्षका बालक ईश्वर लोहनी र २ वर्षका सबीन लोहनीको पनि दुर्घटनामा परेर मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ। घाइते चालकलाई भने उपचारका लागि मिसन अस्पतालमा भर्ना गरिएको छ।
Discussion about this post