जाजरकोट । भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाअनुसार भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ९२ पुगेको हो ।
भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।
भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post