Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

विराटनगर महानगरपालिकाले प्रदेश १ को स्थायी संरचना निर्माणका लागि पाँच विघा जग्गा उपलब्ध गराउने भएको छ ।
ल्याण्डफिल साइट निर्माणका लागि बुढीगंगा गाउँपालिका– ६ डंग्राहामा किनेको २७ विघामध्ये पाँच विघा जग्गा प्रदेश सरकारलाई दिने निर्णय गरेको हो ।
महानगरले गरेको उक्त निर्णय प्रदेश सरकार समक्ष पनि प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले एक दशकअघि ल्याण्डफिल साइट निर्माण गर्न जग्गा खरिद गरेको थियो । तर स्थानीय वासिन्दाले विरोध गरेपछि महानगरले त्यहाँ ल्याण्डफिल साइट बनाउन सकेन र हाल केसलिया खोला किनारमा फोहोर फालिरहेको छ ।
निवर्तमान मेयर भीम पराजुलीले प्रदेश संरचना विराटनगरमै निर्माण गर्न जग्गा दिने बताएका थिए । ३० वैशाखको चुनावबाट नागेश कोइराला नेतृत्वमा आएपछि ५ विघा जग्गा दिने प्रस्ताव गरेको हो ।
उक्त जग्गामा प्रदेशका मन्त्रीहरुको आवास गृह बनाउने प्रदेश सरकारको तयारी छ ।
Discussion about this post