पाँचथर कात्तिक : हिलिहाङ गाउपालिका ७ भारपा टारि स्थित जय भवानी माध्यमिक विद्यालयमा लगाइएको श्रीमद भनगवत सप्ताहबाट ५५ लाख रकम संकलन भएको छ । विद्यालयको स्तर उन्नती गर्नका लागि लगाइएको सप्ताह पुराणबाट सो रकम संकलन भएको हो । आधारभूत तहमा अंग्रेजी माध्यम पठनपाठन गर्ने, उदेश्यले श्रीमद भागवत महा पुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको जनाइएको छ ।
पुराण १५ कात्तिकबाट सञ्चालित छ । छैटौ दिन सम्म अर्थात २१ कात्तिककसम्ममा सो रकम संकलन भएको विद्यालयले जानकारी गराएको छ । विद्यालयलाई विभिन्न सङ्घ सस्था र दानविर महानुभावबाट ५५ लाख रूपैयाँ भेटी मार्फत रकम जम्मा भएको हो ।
विद्यालयका प्रधानाध्यापक तोयानाथ अधिकारीका अनुसार विद्यालय आर्थिक रुपमा नाजुक भएपछि पुराण लगाइएको हो ।
सरकारी दरबन्दी कम रहेको साथै निजी शिक्षक राखेर विद्यालय सन्चालन गर्नुपर्ने भएकोले पनि पुराण सञ्चालन गर्नु परेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलबिक्रम इदिङ्गोले जानकारी दिए।
पछिल्लो समय धार्मिक महायज्ञ सञ्चालन गरेर पनि सामाजिक कार्यमा रकम जुटाउने गरिएको छ ।
Discussion about this post