Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भएको भेटबारे ब्रिफिङ गरेका छन् ।
भेटका क्रममा नेपालसँग सकारात्मक कुराकानी भएको प्रचण्डले बैठकमा बताएका थिए ।
आफूले विश्वासको मत लिने क्रममा सहयोग गर्न नेपाललाई आग्रह गर्दा सकारात्मक जवाफ दिएको प्रचण्डको भनाइ थियो ।
बैठकपछि उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले प्रचण्डले नेपालसँगको भेटबारे बैठकमा सामान्य जानकारी गराएको बताए । बैठकमा प्रचण्डले नेपालसँग आफूले मत मागेको बताएको लामिछानेको भनाइ थियो ।
आजै नेपाल प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । नेपालको पार्टीलाई सरकारमा सहभागी हुन प्रचण्डले आग्रह गर्दै आएका छन् ।
तर, सो पार्टी अनिर्णीत हुँदै आएको छ । आजैमात्रै नेपालले आफूले प्रचण्डको मुख हेरेर निर्णय नगर्ने भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे पुस २६ गते नै निर्णय गर्ने बताएका थिए ।
Discussion about this post