Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्यक्तिगत बिदेश भ्रमणमा निस्किएका छन् ।
मेयर शाह (बालेन) इन्डोनेसिया भ्रमणक लागि गएको उनको सचिवालयले पुष्टि गरेको छ ।
“मेयर बालेन नितान्त निजी भ्रमणको लागि इन्डोनेसिया जानू भएको छ ।” मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले भने ।
भ्रमणमा परिवारका सदस्य, सचिवालय सदस्यको परिवार र केही साथीहरु सहभागी रहेको शाहले बताए ।
मेयरमा निर्वाचित भएपछि बालेनको यो नै पहिलो विदेश भ्रमण हो । बालेन २५ पुसमा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।
Discussion about this post