पाँचथर ः पाँचथरमा सञ्चालित पाथिभरा हेल्थ केयर अस्पताल प्राली बन्द भएको छ । सदरमुकाम फिदिम २०६९ साल असारबाट सञ्चालनमा आएको अस्पताल बन्द भएको हो ।
सो अस्पताल धनुषास्थित मिथिला नगरका डा प्रमेश्वर सिंह डा पीके को एकल लगानीमा सञ्चालनमा रहेको थियो । सुरुवाति चरणमा बिरामीको बाक्लो चाप हुने उक्त अस्पताल पछिल्लो समय लथालिङ्ग अवस्थामा पुगेको थियो । सञ्चालकले व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा पछिल्लो दिनमा चिकित्सकको समेत अभाव हुँदै थियो ।
‘अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाएपछि कार्यारत स्वास्थ्यकर्मीले नगरपालिकामा उजुरी दिएको बताए । कर्मचारीको बाँकी तलब दिलाउने भएपछि अस्पताल पूर्ण रुपमा बन्द भएको बताइएको छ ।
३४ जना चिकित्सकसहित सञ्चालनमा रहेको सो अस्पताल ब्यवस्थापनकै कमजोरीका कारण बन्द भएको बताइएको छ । पछिल्लो समयमा १६ जना कर्मचारीहरु कार्यरत थिए । कार्यरत कर्मचारीहरुले पाउनुपर्ने तलब र घरधनीसँगको सम्झौता अनुसारको हिसाब मिलाउने भएपछि अस्पताल बन्द भएको फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताए । सञ्चालकले सामग्रीहरु निकालेर लगेको समेत बताइएको छ ।
Discussion about this post