अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममायही मङ्सिर १७गतेदेखि श्रीमद् देवीभागवतमहापुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ ।
४१औँ धार्मिक अनुष्ठानकोरुपमाहुने उक्त महायज्ञको उद्देश्य धाम क्षेत्रलाई आवश्यक भूमिको व्यवस्थापन र धामको विकासकालागि स्थापना भएको अक्षयकोषको रकमलाई वृद्धि गर्नु रहेको धाम व्यवस्थापन समितिकाअध्यक्षनविनगट्टानीले शुक्रवार आयोजित पत्रकार भेटघाटमा बताए।
विभिन्न दाता र भक्तजनहरूको सहयोगमाहालधाममाअन्नदाता र गुरुकुल सम्बन्धी दुई वटा अक्षयकोष चालु अवस्थामा रहेको समितिकाकोषाध्यक्षएवम् महायज्ञ आर्थिक व्यवस्थापन तथा गल्ला परिचालन उपसमितिका संयोजक मनोज जोशीले जानकारी दिए ।
हालसम्म ७० लाख रुपैयाँजम्माभएको दुवै अक्षयकोषको रकमलाई वृद्धि गरी एक–एक करोड पु¥याउने लक्ष्य समितिले लिएको छ ।
आचार्य बालकृष्ण अर्याल मुख्यकथावाचक र पण्डित चिरञ्जीवी ढुङ्गाना उपवाचक रहेको महायज्ञ सम्पन्न गर्न १९ वटा उपसमिति गठन गरिएको समितिकामहासचिवएवम् पण्डाल, विद्युततथा साउन्ड सिस्टम उपसमितिका संयोजकशिवलाल खतिवडाले जानकारी दिए ।
गठन भएकाअन्यउपसमितिहरुमाशान्ति सुरक्षाव्यवस्थापनउपसमिति, खाद्यव्यवस्थापनउपसमिति, पूजाव्यवस्थापनउपसमिति, स्वागततथादाता सम्पर्क उपसमिति, गंगाआरतीउपसमिति, प्रचार प्रसार उपसमिति, लक्ष्यवर्तिकाउपसमिति, मण्डप व्यवस्थापन उपसमिति, सांस्कृतिककार्यक्रमउपसमिति, यातायात व्यवस्थापन उपसमिति, धान्याञ्चल व्यवस्थापन उपसमिति, आपूर्ति व्यवस्थापन उपसमिति, आवास व्यवस्थापन उपसमिति, सम्पर्क कार्यालय व्यवस्थापन उपसमितिलगायत रहेका छन् ।
मङ्सिर २५ गते बालाचर्तुदशीकादिन सतविज् रोपण, पूर्णाहुति, तिलकपातीवितरणसँगै सम्पन्न हुने महायज्ञ अन्तर्गत दैनिक हवन, रुद्राभिषेक, गंगाआरती, सन्ध्याकालिन भजन किर्तन र प्रसाद वितरण लगायतका कार्यक्रमहरु सञ्चालन हुने बताइएको छ ।अनुष्ठान सम्पन्न गर्न अनुमानित ४० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।
सोही महायज्ञको अवसरमा मङ्सिर २४ गते भारतस्थितपतञ्जली योग पीठ हरिद्वारबाट योग तथा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजधाममाआउने कार्यक्रम रहेको छ । पहिलो पटक धाम दर्शनको लागिआउन लागेका उनले धाम क्षेत्रमा नवनिर्मित खडे बाबा स्मृति उद्यानको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्षगट्टानीले बताए ।
त्यस्तै मङ्सिर १९ गतेदेखि २४ गते सम्म विहान ५ बजेदेखि ७ बजेसम्म पतञ्जली योग पीठका प्रशिक्षकहरूद्वारा दैनिक योग प्रशिक्षण सञ्चालन हुने बताइएको छ ।समितिका अध्यक्ष गट्टानीको अध्यक्षतामा आयोजित कार्यक्रममा समितिका सदस्यएवम् प्रचार प्रसार उपसमितिका संयोजक रमेश त्रिखत्रीले अनुष्ठानको कार्यक्रम सूची प्रस्तुत गरेका थिए ।
कार्यक्रममा समितिका उपाध्यक्ष एवम् यातायातव्यवस्थापनउपसमितिका संयोजक भीमचन्द्र भट्टराई, अर्का उपाध्यक्ष एवम् उद्घोषण उपसमितिका संयोजक अम्बिकाप्रसाद खतिवडा, समितिका सहकोषाध्यक्ष एवम् शान्ति सुरक्षा व्यवस्थापन उपसमितिका संयोजक दीपक तामाङ, धामका मूल अर्चक एवम् गंगा आरती उपसमितिका संयोजकअग्निप्रसादसिग्देललगायतले धाम र अनुष्ठानका विविध पक्षबारे जानकारी गरएका थिए । समितिका उपाध्यक्ष भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।
Discussion about this post