विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय समशेर राईले पदभार ग्रहण गर्दै संचार प्रतिष्ठान गठनको निर्णय मन्त्रीपरिषदबाट स्वीकृत गराउन प्रस्ताब गर्ने निर्णय गरेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका राईले लामो समय देखि अन्यौलमा रहेको संचार प्रतिष्ठान गठनको निर्णय मत्रीपरिषदबाट स्वीकृत गराउन प्रस्ताब गर्ने पहिलो निर्णय गरेको बताए ।
सञ्चार क्षेत्रलाई व्यवस्थीत गर्न र सञ्चार क्षेत्रको प्रवर्दनबा लागि प्रतिस्ठान आवश्यक रहेको भन्दै नेपाल पत्रकार महासंघ सहितका पत्रकारका संस्थाहरूले माग गर्दै आएका थिए ।
कोशी प्रदेशका तीनजना मन्त्रीहरुलाई मन्त्रालय तोकिए पछि विभागिय मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रीहरुका लागि आइतबार मन्त्रालय तोकेपछि तीनै जनाले पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार शम्शेर राईले आन्तरिक मामिला तथा कानुन, गणेशप्रसाद उप्रेतीले पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगूले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मुख्यमन्त्री कार्कीले राईलाई असोज २८ गते तथा उप्रेती र जबेगूलाई कात्तिक १७ गते बिनाविभागीय मन्त्री बनाएका थिए ।
Discussion about this post