विराटनगर । आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि भएको आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले ध्यानाकर्षण भएको जनाएको छ ।
विराटनगर महानगरपालिका घेराउको समाचार संकलनका क्रममा देवानमाथि आक्रमण भएको थियो । सोही घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
‘विराटनगर ७ सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै स्थानीयवासी र पीडित पक्षले महानगरपालिका घेराउ कार्यक्रमको समाचार संकलनका लागि बोलाएर पत्रकार देवानलाई आक्रमण गरेको थियो । आन्दोलनकारी समूहको आक्रमणबाट पत्रकार देवानको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
समाचार संकलनका क्रममा पुगेका पत्रकार देवानमाथि भएको आक्रमण घटनाप्रति घोर निन्दा गर्दै आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन समेत प्रशासन समक्ष महासंघले माग गर्दै घाईते पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं जारी विज्ञप्तिमा भनिएको छ ।
Discussion about this post