इलाम / गए राती इलामको सूर्योदय नगरपालिका ३ को रुङसुङका चित्र सुब्बाको गाई गोठमा आगलागी भएको छ । आगलागीबाट गोठमा राखिएका काठ सहित गोठ जलेर नष्ट भएको हो ।
पशुचौपया र मानवीय क्षति हुन पाएन । आगलागीबाट ३ लाख माथिको क्षति भएको सूर्योदय नगरपालिकाका नगर प्रहरी सञ्जीव कार्कीले जानकारी दिए ।
प्रहरी, स्थानीय तथा नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागी सुरु भए पछि गोठमा रहेका गाईलाई फुकाइएको थियो । आगोलागिको कारण भने खुलेको छैन ।
Discussion about this post