निशा राई
धरान / नेवा च्यारिटि फन्ड अन्तर्गत धरान रन संस्थाले विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।
शनिवार धरान रन संस्थाले आफ्नै कार्यालयमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरी १४ जना जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
धरान रन संस्थाले २०७५ सालमा नेवा एजुकेसन फन्ड स्थापना गरेसँगै रनले आयोजना गर्ने १० किलोमिटर नेवा च्यारिटि रन प्रतियोगिता वाट उठेको रकमले नेवा एजुकेसन फन्डको स्थापना गरिएको धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिए ।
उनका अनुसार हाल कोषमा करिब १२ लाख रुपैयाँ रहेको र कोषबाट आएको व्याज रकमले छात्रवृत्ति अनुसार वर्षमा तिन पटक विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री सहयोग सामाग्री खरिद गरी हस्तान्तरण गर्ने गरिसकिएको छ ।
यसबर्ष पनि संस्थाले एक लाख बराबरको शैक्षिक सामाग्रीहरू वितरण गरिसकिएको अध्यक्ष राईले दाबी गरे ।
धरान रनले विद्यार्थीहरूलाई छात्रवृत्ति अध्ययन गराउँदै आवश्यक शैक्षिक सामग्री, पोसाक, जुत्ता, ट्रयाकसुट, छाता लगायत प्रदान गर्दै आएको अध्यक्ष राईले जानकारी दिए ।
बिद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष जनकऋषि राई, धरान रन अध्यक्ष रोमु राई, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी अध्यक्ष विकास चाम्लिङले सामाग्री हस्तान्तरण गरेका थिए ।
Discussion about this post