विराटनगर / कोसी प्रदेश सरकारबाट निजामती सेवा ऐन जारी भएपछि कर्मचारीहरू उत्साहित बनेका छन् ।
नेपाल निजामती कर्मचारी युनियन कोसी प्रदेशले ऐनका विषयमा विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्ने कर्मचारी युनियनका नेताहरूले सरकारबाट कर्मचारी अनुकूल निजामती सेवा ऐन जारी हुनुले कर्मचारीहरू उत्साहित भएको बताएका हुन ।
नेपाल निजामती कर्मचारी युनियन प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मानबहादुर वनले सरकारले कर्मचारीका विषयमा मूलभूत पक्षहरूलाई थप अध्ययन गरी संशोधन गर्नुपर्ने विषयलाई पुन प्रतिस्थापन विधेयक मार्फत समेट्न समेत सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
उनले टेबल हुन लागेको स्थायी सेवा ऐनका विषयमा समेत गम्भीर भई कर्मचारीमैत्री स्थानीय सेवा ऐन जारी गर्न समेत युनियनले आग्रह समेत गरेका छन् ।
कर्मचारी युनियनले नेतृत्व गर्दा निजामती क्षेत्रका सबै राष्ट्रिय टेड युनियनको सहमतिमा प्रदेश र स्थानीय निजामती सेवा ऐनका विषयमा समेट्नु पर्ने बिषयबस्तुहरुका सम्बन्धमा ध्यानाकर्षण गराइएको केन्द्रीय सल्लाहकार गोपाल दाहाल र प्रदेश सल्लाहकार यादवप्रसाद दुलालले जानकारी गराए ।
युनियनको पहलमा सहकारी समेत सञ्चालन भइरहेकाले सेवा निवृत्त र बहालवाला सबै कर्मचारीहरूलाई सहकारीमा आबद्ध हुन समेत नेपाल कर्मचारी युनियन सहकारीका मोरङ अध्यक्ष माधव ढुङ्गेलले अनुरोध गरे।
कार्यक्रममा झापा जिल्ला अध्यक्ष कवीन्द्र विक्रम नेम्वाङ,मोरङ जिल्ला अध्यक्ष परशुराम मण्डल,केन्द्रीय सदस्य लक्ष्मी दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रममा युनियनको प्रदेश कार्यसमिति,झापा,मोरङ,सुनसरी,उदयपुर लगायत जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
स्थानीय जिल्ला र प्रदेशका सबै कार्यक्रमहरूमा केन्द्रको सहयोग हुने केन्द्रीय उपाध्यक्ष सोम कोइरालाले जानकारी दिए ।
आगामी पौष २७ गते कर्मचारी युनियन मोरङले र २८ गते सुनसरीले बृहत् वनभोज साथै छलफल कार्यक्रमको समेत आयोजना गरेको सुनसरी जिल्ला अध्यक्ष निखिल पोखरेलले बताए ।
उक्त वनभोज कार्यक्रममा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल,प्रदेश अध्यक्ष मान बहादुर बन लगायतका पदाधिकारीहरूको समेत उपस्थिति रहेको युनियनका कोसी प्रदेश सचिव राजु ढुङ्गानाले बताए ।
सो कार्यक्रममा सङ्घीय निजामती सेवा ऐन,प्रदेश निजामती सेवा निमयावलि र स्थानीय सेवा ऐनका विषयमा बृहत् छलफल हुने सचिव ढुङ्गानाले बताए ।
Discussion about this post