विराटनगर । भारतको हैदराबादमा सम्पन्न १० औ विश्व स्टे«न्थलिफ्टिंग एण्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसीपमा पदक विजेता दीपा विष्टलाई विराटनगरमा मंगलबार सम्मान गरिएको छ ।
मोरङ स्ट्रेन्थलिफ्टिंग संघले मोरङको सुन्दरहरैँचा नगरपालिका निवासी विष्ट र सुनसरीका कविर भगत प्रधानानंगलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा मोरङ संघका अध्यक्ष नवजीतराज प्रधानले भारतमा नेपाली खेलाडीले स्टे«न्थलिफ्टिंग एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदक हासिल गरेर प्रदेशको नाम उच्च बनाएको बताए ।
पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियन्सीपमा नेपालकी कीर्तिमानी खेलाडी विष्टले ८० किलो तौल समूहमाथिको स्पर्धामा स्वर्ण पदक हासिल गरेकी थिइन् । विष्टले समग्रतर्फ स्ट्रगेस्ट वुमनको उपाधि समेत हालिस गरेको अध्यक्ष प्रधानले जानकारी दिए ।
त्यसैगरि, सोही च्याम्पियनसीपमा सहभागी सुनसरी स्ट्रन्थलिफ्टिंग संघका संस्थापक अध्यक्ष कविर भगतले कास्य पदक हासिल गरेका छन् । सम्मान कार्यक्रमपछि स्वर्णपदक विजेता विष्टले भारतमा आयोजित प्रतियोगितामा पदक हासिल गर्दा उत्साह थपिएको बताइन् ।
राष्ट्रका लागि आफ्नै लगानी र परिश्रममा देशलाई चिनाउन सम्मानको रुपमा लिएको बताएकी विष्टले सम्बन्धित निकायले समेत खेलकुद र खेलाडीलाई उत्साह थप हुने गरी सम्झिदिनुपर्नेमा जोड दिइन् ।
भारतमा सम्पन्न च्याम्पिनसीपमा नेपाल, भारत, अमेरिकासँगै विभिन्न १६ मुलुकका २ सय २० जना खेलाडी सहभागी भएका थिए ।
Discussion about this post