धरान । मोरङको ग्रामथान कठहराका ३१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
भोईस अफ चिल्ड्रेन इटहरीले मोरङको ग्रामथान-४ कठहरामा सञ्चालित श्री रामजानकी प्राथमिक विद्यालयका ३१ जना विद्यार्थीहरुलाई ३१ सेट ट्राकसुट, खेलकुदका समाग्री, र बालबालिकाकोेे लागी स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
विद्यार्थीहरुलाई राष्ट्रिय बाल परिषदका पुर्व अध्यक्ष डिल्लीराम गिरी, भिओसी संस्थाको संयोजक भरत थापा र ग्रामथानका नेपाली कांग्रेसका सभापती एकराज माझीले वितरण गरेको हो ।
२०४९ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखी ५ कक्षा सम्म अध्ययन भईरहेको थियो तर कोभिड-१९ पश्चात पुणर् रुपमा बन्द रहेको उक्त विद्यालय समुदायको पहलमा यसै साल देखी पुनः सुचारु गरिएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री कतिचन्द्र सरदार थारुले बताउनुभयो ।
हाल साल देखि मात्र विद्यालय सञ्चालन गरिएकोले शिसु कक्षामा मात्र विद्यार्थी रहेको र हाल शिसु कक्षामा ३१ जना पढ्न आउने गरेको अध्यक्ष सरदारले बताए ।
राष्ट्रिय बाल परिषदका पुर्व अध्यक्ष डिल्लीराम गिरीले बालबालिकाको निम्ति सदैव सहयोग गर्न तयार रहेको बताएको छ ।
उनका अनुसार बालबालिका भविष्यका कणर्धार हुन उनिहरुको स्वास्थ्य, शिक्षा, जस्ता भौतिक क्षेत्रमा पाउनुपर्ने अधिकार पाउनु पर्छ यसको लागी आफु सधैं लागी पर्ने बताए ।
भोईस अफ चिल्ड्रेनले २०५७ साल देखि बालबालिकाहरुको निम्ती काम गर्दै आएको छ र निरन्तर सधैं बालबालिकाको निम्ती नै काम गर्दै आउने भिओसी संस्थाको संयोजक भरत थापाले बताए ।
उनका अनुसार हाल भिओसी संस्था इटहरीमा ८ जना सडक बालकहरुलाई संरक्षण समेत गरिरहेको बताए ।
विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा, शैक्षिक सामाग्रीहरु वितरण गरेकोमा र ग्रामथानका नेपाली कांग्रेसका सभापती एकराज माझीले धन्यबाद ज्ञापन गरे ।
पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउँदै यस्तो कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।
Discussion about this post