धरान । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवमा अतिथि बनेर पुगेका छन् ।
केही दिनअघि काठमाडौँ आउँदा धरान उपमहानगरपकालिकाका प्रमुख हर्क साम्पाङले बालेनलाई भेटेर निम्तो दिएका थिए ।
धरान उपमहानगरपालिकाले स्थानीय पब्लिक हाई स्कुलको मैदानमा ‘धरान डे’ कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा साम्पाङ र बालेनसँगै देखिएका हुन् ।
उक्त कार्यक्रमका लागि धरानका मेयर र उपमेयरले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिको रुपमा निम्तो दिएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री आउन नभ्याउने बताएपछि साम्पाङ आक्रोशित बनेका थिए ।
साम्पाङले प्रधानमन्त्री आफूले बोलाएको कार्यक्रममा सहभागी हुन नआउने भएपछि आफ्नो कार्यकक्षबाट प्रधानमन्त्रीसँगै राष्ट्रपतिको तस्बिर हटाएका छन् । उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन् ।
साम्पाङ र बालेन मेयर निर्वाचित भएदेखि नै एक अर्कालाई सहयोग गर्दै आइरहेका छन् ।
Discussion about this post