इलाम / इलामका सोम लुइँटेल पेसागत अभिकर्ता बीमक सङ्घ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको स-सचिव पदमा निर्वाचित भएका छन् । काठमाडौँको राष्ट्रिय सभामा भएको निर्वाचन प्रक्रियाबाट उनी सो पदमा निर्वाचित भएका हुन् ।
पेशागत अभिकर्ता बीमक सङ्घ देशै भरिका अभिकर्ताहरूको सङ्घ हो । २१ र २२ गते काठमाण्डौमा सम्पन्न भएको विशेष अधिवेशनबाट गणेश अधिकारीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको छ ।
अधिकारी नेतृत्वको सोही समितिको सहसचिवमा इलामका युवा व्यवसायी लुइँटेल केन्द्रीय सह सचिवमा निर्वाचित भएका हुन् ।
विशेष अधिवेशनले ३२ सदस्यीय कार्य समितिको चयन गरेको छ। नवनिर्वाचित सहसचिव लुइँटेलले आफूहरूलाई विश्वास गरेर सर्वसम्मतबाट नेतृत्वको अवसर प्रदान गरेकोमा प्रतिनिधि, अभिकर्ता सदस्यहरूमा तथा सबै सहभागीहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भोलीका दिनहरुमा अभिकर्ताहरूमा आइपर्ने समस्या समाधान गर्दै जिम्मेवारी बोध गराउन समेत आवश्यक भूमिका निर्वाह गर्ने बताए । अभिकर्ता पेसालाई अझ जिम्मेवार बनाउन समेत आफू लाग्ने उनले प्रतिबद्धता जनाएका छन् ।
उनले नेपाल लाइफका पेसागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि सङ्घमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल लाइफ इन्योरेन्सलाई व्यवस्थित ढङ्गले अघि बढाउन र अभिकर्ता तथा बिमितको हितमा काम गर्ने उनको भनाई छ ।
पेसागत बीमालाई मर्यादित बनाउँदै बीमाका फाइदा आम मानिस समक्ष पुर्याउन आफूले सधैँ पहल गरिरहेको र अझै पनि लाग्ने उनको भनाई छ । समाजसेवी तथा युवा व्यवसायी लुइँटेल इलाम देउमाई नगरपालिकाको मङ्गलवारे बजार निवासी हुन् ।
Discussion about this post