वराहक्षेत्र । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रम अनुसार स्वास्थ्यकर्मी लिएर वराहक्षेत्र -१० का अध्यक्ष तेजबहादुर गुरुङ्ग टोलटोलमा पुग्ने गरेका छन् । उनी सहित वडाका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मी लिएर ३ – ३ महिनामा ज्येष्ठ नागरिकहरूमा पुग्छन् ।
वडाका ज्येष्ठ नागरिक जो स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने , नियमित औषधी लिने , दीर्घ रोगीहरूको सुबिधाको लागि घरमै गएर स्वास्थ्य परीक्षण सहित औषधी उपचार गरिएको वडा अध्यक्ष गुरुङ्ग बत्ताउँछन् ।
स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको स्वास्थ्य परीक्षण , परामर्श सेवा स्वास्थ्य परीक्षण सहित उपचार गर्ने गरिएको वडा अध्यक्ष गुरुङ्गको भनाई छ ।
Discussion about this post