वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाराको सुवर्ण गाउँपालिका हर्दिया निवासी २३ वर्षका सन्दीप यादव र धनुषाको सबैला नगरपालिका निवासी सुमित यादव रहेका छन्।
वीरगञ्ज- १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकै दुवै जना सवार भएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।
ज्यान गएका दुवैजना वीरगञ्जको नेसनल मेडिकल कलेजमा एमबिबिएस दोस्रो वर्षमा अध्यनरत रहेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेकाे थापाले बताए।
Discussion about this post