इटहरी – सुनसरीको इटहरीमा नक्कली पेस्तोल देखाई सार्बजानिक ठाउहरुमा आतङ्कित गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी ६ मा पेस्तोल देखाएर सार्बजानिक ठाउहरुमा आतङ्कित गर्ने धनकुटाका ३० वर्षीय दावा छिरिङ शेर्पा र विराटनगर महानगरपालिका वडा नम्बर १५ बस्ने ३५ वर्षीय शिरीष बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूले लामो समय देखि समाजमा नक्कली पेस्तोल देखाई आतङ्क फैल्याउँदै आएको जनाइएको छ ।
पक्राउ परेकाहरूको साथबाट एक थान नक्कली लाइटर पेस्तोल रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी टेक बहादुर कार्कीले बताए ।पक्राउ परेका दावा छिरिङ तरकारी व्यापारी हुन भने शिरीष बोहरा रिकण्डीसन सञ्चालक हुन । प्रहरीले उनीहरूलाई इटहरी पश्चिम ट्याम्पो स्टेण्ड छेउबाट शनिवार राति १ बजे पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप थपिएको जनाइएको छ ।
Discussion about this post