ताप्लेजुङ / मुक्कुम्लुङ संरक्षणका लागि ताप्लेजुङको फुङलिङमा जनप्रदर्शनी गरिने भएको छ ।
विभिन्न सात वटा संस्थालेको अगुवाइमा आगामी माघ १५ गते मुक्कुम्लुङ संरक्षणका लागि सदरमुकाम फुङलिङमा जनप्रदर्शनको गर्ने भएका हुन् ।
पवित्र तीर्थस्थल पाथीभरामा निर्माणको प्रक्रियामा रहेको केबलकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागेका हुन् । आन्दोलन थप सशक्त भन्दै गइरहेको छ ।
याकथुङ लिम्बु समुदायको मुन्धुम, सांस्कृतिक, आध्यात्मिक, पवित्र स्थलमा व्यापारीकरण गर्न केबलकार निर्माण गर्ने कार्यलाई सरकारले समेत सहयोग गरेको भन्दै वन फडानी गर्ने र त्यहाँको वातावरण तथा पर्यावरण सखाप बनाउने कार्यको विरोध गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
मुक्कुलम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, लिम्बु थरगत संस्था याकथुङ सयङ मूल समिति, किराँत याकथुङ चुम्लुङ सङ्घीय समिति, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुन नामाङ्कन अभियान समिति, किराँत धर्म तथा साहित्य उत्थान सङ्घ, मुक्कुम्लुङ तान् सेप चुम्भो, किराँत राई यायोक्खाले संयुक्त रूपमा बिरो धका कार्यक्रम गर्दै आइरहेका छन् ।
Discussion about this post