Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

पोखरमा यति एयरलाइन्सको विमान दुर्घाटनामा परी मृत्यु हुनेहरुप्रति चर्चित स्पेनिस फुटबल क्लब रियल मड्रिडले श्रद्धाञ्जली अर्पण गरेको छ।
रियल मड्रिडले आफ्नो अफिसियल फेसबुक पेजमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको हो।
‘नेपालमा भएको दुःखद विमान दुर्घटनामा आफ्ना प्रियजन गुमाएका सबै परिवारमा हाम्रो गहिरो समवेदना। शोकसन्तप्द परिवारजनलाई रियल मड्रिड फुटबल क्लबको तर्फबाट धैर्यधारण गर्नसक्ने शक्ति र साहस पठाउन चाहन्छौं,’ रियलले मड्रिडले फेसबुकमा लखेको छ।
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उठेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान पोखरा स्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी ४ चालकदलका सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुने ७० जनाको शव फेला परेपनी २ जनाको अवस्था अझै अज्ञात रहेको छ ।
Discussion about this post