झापा । झापाको कनकाईस्थित धनुषकोटीधाम भुरुंगामा दुई समूहबिच झडप हुँदा दुई जना घाइते भएका छन् ।
वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबिच खुकुरी हानाहान समेत भएको प्रहरीले जनाएको छ ।
बिर्तामोडबाट आएको वनभोज समूह र अर्को समूहका युवाहरूले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा आज साँझ भएको झडपमा भएको प्रहरीले जनाएको छ ।
विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड ५ का उमेश चौधरी र दीपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी सुरज कार्कीले बताए ।
चौधरीको बिएण्डसी र लिम्बूको बिर्तासीटीमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरूको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ ।
प्रहरीले प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । उनीहरूले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post