इलाम / नेपाल बैङ्क लिमिटेडद्वारा नेकपा एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी सूचना प्रकाशित गरेको छ । बैङ्कले घरजग्गा लिलामीको ३५ दिने सूचना निकाल्दै फागुन १० गते भित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो ।
पाम फुड्स एन्ड वेभरेज टेक्नोलोजी प्रालिको नाममा नेपाल बैङ्कबाट कर्जा लिँदा नेम्वाङ व्यक्तिगत जमानीकर्ताको रूपमा बसेका थिए । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैङ्कबाट ऋण लिएकी थिइन् ।
जसअनुसार बैङ्कले लिम्बुसँगै कम्पनीका अर्का सञ्चालक झापास्थित शान्तिनगर–५ का रुद्रप्रसाद ९काजीमान० गिरी पनि थिए । बैङ्कले नेम्वाङसँगै लिम्बु, गिरी, नेम्वाङका छोरा मिङ्सो, सम्याङ, भाइ सुरेश कुमार, भतिजो मिराक, छोरी सुसाङ सुमा, पत्नी कलावती लगायतको नाममा ३५ दिने लिलामीको सूचना निकालेको छ । त्यस्तै व्यक्तिगत जमानीकर्ताको रूपमा सुरेशकी छोरी कोमना नेम्वाङ र सिन्धुलीकी कुन्ता कार्कीको नाममा समेत सूचना जारी भएको छ ।
बैङ्कले जारी गरेको सूचना अनुसार नेम्वाङको नाममा मालपोत कार्यालय इलाम स्थित इलाम–२ मा रहेको कित्ता नम्बर २४६ को क्षेत्रफल ६ रोपनी १५ आना जग्गा र जग्गाले चर्चेको सबै लिगतगापात समेत लिलामी हुने बताइएको छ ।
‘ऋणीहरूले लिएको कर्जाको साँवा।व्याज नियमित रूपमा नतिरेको हुँदा उक्त कर्जा असुलीका लागि पटक–पटक तर–ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३५ दिन (अर्थात् मिति २०८०/११/१० गते) मित्रमा ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सम्बन्धित शाखामा सम्पर्क राखी कर्जा चुक्ता गर्न गराउनु हुन यो अन्तिम मौका दिइएको छ,’ सूचनामा भनिएको छ, ‘उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा सम्बन्धित पक्ष लाई कालोसूचीमा राखिन्छ ।
लिलाममा डाँक बढाबढ गरिलिन चाहने इच्छुक महानुभावहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३६ औँ दिन ९२०८०र११ र११ गते० बिदा परेमा सोको भोलिपल्ट वा लगत्तै कार्यालय खुलेको दिनको बिहान ११ः०० बजे यस बैकको तपसिलमा उल्लिखित शाखामा उपस्थित भई आफूले सकार गर्न चाहेको मूल्यमा बोलकबोल गर्नु हुन यसै सूचना द्वारा आह्वान गरिन्छ ।’
कर्जा सुरक्षणार्थ रहेको उल्लिखित घर जग्गाबाट समेत बैंकको सम्पूर्ण लेना रकम असुल उपर नभएमा कर्जा सम्झौता र प्रचलित नियम कानुन बमोजिम ऋणी सञ्चालक तथा जमानीकर्ताहरूको अन्य चल अचल जायजेथा र श्रीसम्पत्तिबाट बाकी लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।
हृदयाघातका कारण नेता नेम्वाङको गत भदौ २५ मा निधन भएको थियो ।
के हो पाम फुड्स प्रकरण ?
नेपाल बैङ्कले २०७३ सालमा दुई पटक गरी ललितपुरको बाँडे गाउँमा अवस्थित पाम फुड्स एन्ड बेभरेज टेक्नोलोजी प्रा.लिको नाममा एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्यो । उक्त कर्जा लिँदा नेकपा एमालेका दिवङ्गत उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नाममा रहेको इलामस्थित–६ रोपनी १५ आना जग्गा धितो सुरक्षणमा राखिएको थियो ।
नेम्वाङको नाममा रहेको इलाम नगरपालिका–२ स्थित कित्ता नम्बर २४६ को जग्गा धितो सुरक्षण राखिएको थियो । उक्त जग्गाको धितो मूल्याङ्कन तीन करोड २० लाख रुपैयाँ कायम गरिएको थियो । जग्गा नेम्वाङको नाममा भए पनि ऋणीहरू भने उनका भाइ बुहारी देव कुमारी लिम्बु र कम्पनीका साझेदार रुद्रप्रसाद गिरी छन् ।
नेम्वाङका सहोदर भाइ सुरेश कुमार नेम्वाङकी पत्नी देव कुमारी लिम्बुले ‘क्यास क्रेडिट ओभर ड्राफ्ट लोन’ र लोन चार्चेजको गरी दुई किसिममा कर्जा लिएकी थिइन् । २०७३ चैत २५ मा डेढ करोड रुपैयाँ कर्जा लिएर २०७५ जेठ २ गतेसम्म किस्ता बुझाएको नेपाल बैङ्कले जनाएको छ । तर, २०७५ जेठ ३ देखि हालसम्म पनि कर्जा बुझाएको देखिँदैन ।
नेपाल बैङ्कले पटक पटक ऋणी र जमानीकर्तालाई पत्राचार गर्दा पनि बक्यौता साँवा व्याज नबुझाएपछि कालोसूचीमा राख्ने तयारी थियो । बैङ्कले ऋणी, जमानीकर्ता र धितो सुरक्षणकर्तालाई पटक पटक फोन र पत्रमार्फत ऋण र ब्याज तिर्न ताकेता गरेको जनाएको छ।
बैङ्कले ऋणकर्तालाई २०७७ असोज ११ सम्म तीन पटक र जमानीकताईलाई पनि पटक ताकेता गरेको देखिन्छ।
Discussion about this post