काठमाडौं । तनहुँमा ४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका – १० खोरादी बस्ने २७ वर्षीय प्रकाश वि.क छन् । उनलाई लाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएको छ ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भिमाद र बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post