धरान । डिपो स्कुलको अयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कप हुने भएको छ ।
प्रतियोगीता यहि फागुन ४ गते देखि ९ गते सम्म हुने वुधवार नेपाल पत्रकार महासंघ, सुनसरीको कार्यक्रम हलमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
प्रतियोगितामा झापा, सुनसरी र मोरङ्गका गरि करिव १६ वटा विद्यालयले सहभागिता जनाउने आयोजक डिपो आर्दश वहुमुखि क्याम्पस प्रमुख राजकुमार राईले बताए ।
प्रतियोगितामा कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एभिपि र हाइ स्कोर उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्नेछ ।
डिपो स्कुललाई महत्वपुर्ण योगदान दिएका दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मानमा गत साल देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मरवहादुर लिम्वुले जानकारी दिए ।
प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको अध्यक्ष लिम्वुले वताए ।
मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्ष १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्वमा रहि डिपो स्कुल विकासमा योगदान दिएको अध्यक्षले वताए । लिम्वुकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यपन सुरु भएका थिए ।
लिम्वुको कोरोनाको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
पत्रकार सम्मेलनमा स्वागत मन्तव्यको क्रममा व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले मेजर श्रवणकुमार लिम्वुको योगदानको वारेमा प्रकाश पारेका थिए । प्रतियोगिताको सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलमा सम्पन्न हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि अन्तिम मिति फागुन १ सम्म रहेको र खेल तालिका फागुन २ गते तयार गरिने आयोजकले जानकारी गराएको छ ।
Discussion about this post