विराटनगर । झापाले कोसी प्रदेशस्तरीय पाँचौँ आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।
बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटले मोरङको बेलबारीमा आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित झापाले उपाधि जितेको हो ।
प्रतियोगितामा सहभागी कोसी प्रदेशका ११ जिल्लामध्ये उपाधि रक्षा गर्न झापा सफल भएको छ ।
प्रतियोगितामा ३ स्वर्ण, २ वटा रजत र ७ कास्य पदकसहित मोरङ दोस्रो र ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी तेस्रो भएको छ ।
प्रतियोगितामा महिलातर्फ ४०–४५ किलो तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाई आईटीएफ तेक्वान्दो डोजाङ डाँगीहाटकी विलिशा माझी द्वितीय तथा मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई तृतीय भएका छन् ।
महिलातर्फ नै ४६–५० किलो तौल समूहमा सुनसरीकी एलिका विक प्रथम, झापाकी नम्रता सिगु द्वितीय तथा मोरङकी अनुष्का धिमाल र पाँचथरकी एलिसा सेलिङ तृतीय भएका छन् ।
५१–५५ तौल समूहमा सुनसरीकी बिट्नी राई प्रथम, मोरङकी प्रिया राय द्वितीय र झापाकी रेसिका बराल तृतीय भएका छन् ।
त्यस्तै, ५६–६० किलो तौल समूहमा भोजपुरकी सजिना तामाङ प्रथम, सुनसरीकी एलिजा राई द्वितीय, आयोजककी दीक्षा लिम्बू र पायल मगर तृतीय भएका छन् ।
६१–६५ तौल समूहतर्फ झापाकी सेहना लिम्बू प्रथम, आयोजककी दीक्षा खड्का द्वितीय, मोरङकी मनीषा भुर्तेल र इलामकी नैना खातुन तृतीय भएका छन् ।
६६ किलोमाथिको तौल समूहमा आयोजककी एलिजा राजवंशी प्रथम र झापाकी सुष्मा अछामी द्वितीय भएका छन् ।
पुरुषतर्फ ४५–५० तौल समूहमा मोरङका प्रकाश शर्मा प्रथम, झापाका शौरव श्रेष्ठ द्वितीय, पाँचथरका मनिष राई र भोजपुरका दीपक राई तृतीय भए ।
५१–५५ तौल समूहमा पाँचथरका आलोक राई प्रथम, सुनसरीका पीयूष श्रेष्ठ द्वितीय तथा झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी तृतीय भएका छन् ।
५६–६० तौल समूहमा झापाका प्रितम धिमाल प्रथम, इलामका दीपप्रसन राई द्वितीय, मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ तृतीय भए ।
६१–६५ किलो तौल समूहमा मोरङका लक्ष्मण राजवंशी प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकका सानुदेव पोदार र सुनसरीका आशिष मगर तृतीय भएका छन् ।
६६–७० तौल समूहमा मोरङका प्रथम कार्की पहिलो, भोजपुरका सुन्दर गुरुङ दोस्रो, पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली तृतीय भएका छन् ।
त्यस्तै, ७१ किलोमाथिको तौल समूहतर्फ झापाका अनमोल लिम्बू प्रथम, आयोजकका विकास ठाकुर द्वितीय, मोरङका निशान्त भुजेल र धनकुटाका युनिक राई तृतीय भए ।
कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बूका अनुसार प्रतियोगिता २ दिनसम्म चलेको थियो । त्यसमा ११ जिल्लाका १ सय ६३ जना खेलाडीले सहभागिता जनाएको जानकारी उनले दिए ।
विजेता खेलाडीलाई कोशीका प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीलगायतले पदक वितरण गरेका थिए ।
प्रदेश सांसद लिम्बूले प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सबै पक्षको साथ र सहयोगमा मात्रै तेक्वान्दो खेलको विकास हुने उल्लेख गरे ।
खेलकुदको विकास गर्न खेलाडीलाई अभ्यासका लागि बेलबारीमा कवर्ड निर्माण गर्न आफूले सक्दो प्रयास गर्ने उनले बताएका छन् ।
खेलकुद क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष कार्कीले बताए । अहिले पनि राज्यले पर्याप्त बजेट नदिँदा खेलकुद क्षेत्र खच्किएको उनको भनाइ छ ।
खेल क्षेत्र तीनै तहका सरकारको प्राथमिकतामा पर्न नसकेको उनले बताए । कार्कीले सरकारको प्राथमिकतामा परेमा मात्रै खेल क्षेत्रले गति लिने धारणा राखे ।
उत्कृष्ट खेलाडी उत्पादन गर्न र खेल क्षेत्रको विकासमा सरकारको ध्यान जान आवश्यक देखिएको उनले बताए ।
Discussion about this post