झापा । शहीद प्रजापति स्मृति प्रतिष्ठान झापाले जनवादी गायक राजन राईको एकल सांगीतिक प्रंस्तुतीसहितको जनवादी गीति कार्यक्रम गर्ने भएको छ । झापामै पहिलोपटक बृहत् जनवादी गीति कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै फागुन २१ गते आयोजना गरिने कार्यक्रममा जनवादी गायक राजन राईका गीतहरु प्रस्तुत हुने बताइएको छ । जनवादी गीत संगीतको संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्ने, प्रजापति सापकोटालाई शहीद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्त्वलाई उजागर गर्ने, संस्थाको संरक्षण, दिगो विकास गर्ने, संस्थामा आवश्यक भौतिक व्यवस्थाको प्रबन्ध गर्ने जस्ता उद्देश्य कार्यक्रमको रहेको अध्यक्ष सापकोटाले बताए ।
प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गरिने र प्रतिष्ठानको साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गरिने आयोजकले जानकारी दिएको छ । २०४३ सालमा तत्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत– संगीतका साथ खेलिएको देउसीभैलो घरदैलो कार्यक्रममा विपक्षीहरुको आक्रमणबाट घाइते भएका कम्युनिष्ट कार्यकर्ता सापकोटाको केही दिनपछि मृत्यु भएको थियो । प्रतिष्ठानको नाममा हल्दिबारी–१ गोलधाप निवासी स्व. डुकमाया ढकालबाट दुई कठ्ठा जग्गा प्राप्त भएको तथा विभिन्न दाता एवम् ऋण सापटी समेत गरेर थप दुई कठ्ठा जग्गा खरिद गरी कूल ०–०४– ० कठ्ठा जग्गा रहेको प्रतिष्ठानले जनाएको छ ।
हाल प्रतिष्ठानको भौतिकरुपमा एक कोठाको भवन निर्माण भई प्रयोग भइरहेको अनिल सापकोटाले बताए । फागुन २१ जनवादी गायक राजन राईले शहीद प्रजापति स्मृति प्रतिष्ठानले गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रममा आउन अनुरोध गरिएको छ । पत्रकार सम्मेलनमा देउसीभैलो घरदैलो कार्यक्रममा भएको आक्रमणका विषयमा भुपाल शिवाकोटीले जानकारी दिएका थिए । सम्मेलनमा गायक राजन राईको पनि उपस्थिति रहेको थियो । तीन लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिइयो ।
Discussion about this post