काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश (टप टेन) मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबीच मेनुकालाई सम्मान गरेका हुन ।
राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शीर उँचो बनाएको बताउदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे । पौडेलले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।
Discussion about this post