इटहरी- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताको जीवनस्तर बदल्न सञ्चारमाध्यमको महत्वपूर्ण योगदान हुन आवश्यक रहेको बताएकी छन् ।
नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबर डट कम न्यूज पोर्टलको प्रथम वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै सञ्चारमन्त्री शर्माले अनलाइन पत्रकारिताको विकास उत्साहजन रूपमा भइरहेको र जनताको जीवनस्तर बदल्न सञ्चारमाध्यमको महत्वपूर्ण योगदान हुन आवश्यक रहेको बताएकी हुन् ।
‘अनलाइन पत्रकारिताको विकास उत्साहजन रूपमा भइरहेको छ । यसले केन्द्र र मोफसलको दूरी घटाएको छ,’ शुभकामना सन्देशमा शर्माले भनेकी छन्, ‘नेपालमा राजनीतिक अधिकार स्थापित गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका छ । जनताको जीवनस्तर बदल्ने अभियानमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण योगदान हुन आवश्यक छ ।’
एक वर्षअघि स्थापना भएको प्रदेश खबरले कोशी प्रदेशसहित अन्य प्रदेशका खबरलाई प्राथमिकतामा राखेर सत्य, तथ्य र निष्पक्ष रही समाचार सम्प्रेषण गर्दै आएको छ ।
Discussion about this post