धरान । धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २४ औं संस्करण फागुन २६ गते देखि चैत्र ३ गते सम्म हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पुरा भईसकेको धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले बताए ।
पुर्ण रुपमा व्यवसायीक हुन नसकेको खेलकुद क्षेत्र र देशले भोगिरहेको आर्थिक मन्दीको कारण प्रतियोगिता आयोजनामा झनै चुनौतिपुर्ण भएपनि खेलाडीहरुलाई रोजगार मुलक र व्यवसायी मुलक बनाउने योजनासहित आर्थिक पारदर्शिता, संस्थागत निर्णयहरुलाई ईमान्दारिता पुर्वक लागु गर्ने उदेश्य सहित २४ औं संस्करणको वुढासुब्बा गोल्डकप गर्न लागिएको उनले बताए ।
प्रतियोगितामा ७७ लाख, ६० हजार आम्दानी हुने अनुमान रहेको छ भने ६६ लाख ५५ हजार अनुमानित खर्च लाग्ने अध्यक्ष तामाङले बताए ।
नेपाली फुटबलको ईतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबलमा ईट्टा थप्ने काम गरेको क्लवका मानार्थ अध्यक्ष तथा कोशी प्रदेश खेलकुद संघ अध्यक्ष किशोर राईले बताए ।
नेपालि बजारमा फुटबल खेल उत्कृष्ट भएता पनि क्रीकेटले बजार तत्ताएको साथै सरकारको स्पष्ट नीति नियम नबनाएको र फुटबललाई सम्बोधन नगरेका कारण फुटबलको बजार फस्टाउन नसकेको उनले बताए ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन), श्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाण्डौ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब (युके एफसी)ले सहभागिता जनाउने क्लबका अध्यक्ष तामाङले बताए ।
प्रतियोगितामा विजेताले १० लाख रुपैँया र उप–विजेताले ५ लाख रुपैयाँ साथै मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैँया र प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैँया, उत्कृष्ट गोल रक्षकले २५ हजार रुपैँया , उत्कृष्ट डिफेन्स २५ हजार रुपैँया ,उत्कृष्ट मिड फिल्डरले २५ हजार रुपँैया, उत्कृष्ट स्ट्राइकरले २५ पचीस हजार रुपैँया उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैँया, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post